समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने
समाजवादी पार्टी नेपालले संविधान ३ असोजमा खुशीयालीका रूपमा दीपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।
सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सातवटै प्रदेश राजधानीमा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।
संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीले जनाएकाे छ।