केही बेरमै भाँडियो सहमति, संसद अवरुद्ध
बाँके घटनामा वडाध्यक्षलाई कारबाही गर्न जाहेरी दर्ता गर्ने सहमति भएको केहीबेरमै सहमति भाँडिएको छ ।
नेकपाका सांसदले कारबाही स्वीकार्य नहुने बताएपछि संसदको अवरोध हटाउने सहमति भाँडिएको हो । अहिले कांग्रेस सांसदहरूले संसद अवरुद्ध गरेका छन् ।
बाँके घटनालाई लिएर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसद खोल्ने सहमति भएको थियो ।
कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताले आक्रमण गरेर बाँकेका कांग्रेस सभापति किरण कोइराला लगायत नेता कार्यकर्ता घाइते भएपछि कांग्रेसले आक्रमणकारीलाई कारबाहीको माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।
घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता हुने भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो ।