सन्दीप लामिछानेले बनाए ब्याटिङमा नयाँ रेकर्ड
बलिङमा शनशनीपूर्ण प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले ब्याटिङमा पनि नयाँ रकेर्ड बनाएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा सन्दीप लामिछानेले ब्याटिङमा नयाँ रेकर्ड राखेका हुन् ।
तर, यो रेकर्ड भने आफ्नै करिअरका हुन् । जमिका विरुद्ध अन्तिममा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले आफ्नो करिअरकै बढी रन जोडेका छन् ।
अन्तरराष्ट्रिय फ्रेन्चाइजीमा बलिङतर्फ अनिवार्य बनेका सन्दीपको ब्याट भने खासै चल्दैन । ५० खेलबाट सन्दीपले जम्मा ३० रन जोडेका थिए । एउटै खेलमा हाइ स्कोर भने नौ रनको थियो ।
तर, अन्तिम ब्याटिङ गर्न आएका सन्दीपले ८ बलको सामना गर्दै दश रन जोडे । सन्दीपकै ब्याटिङको बलमा जामिकालाई बार्बाडोस्ले १४१ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।
सन्दीप आउँदा १२४ रनमै सीमित बार्बाडोसका लागि पनि सन्दीपले थोरै आशा जगाउने काम गरेका छन् । जोसु केन्डल ललोरसँग साझेदारी गरेका सन्दीपले २०औं ओभरको पहिलो दोस्रो बलमा चौका प्रहार गरेका थिए ।
जामिकाले टस जितेर फिल्डिङ रोजेको थियो ।