आर्सनलसँग अंक खोसे वार्टफोर्डले
इंग्लिस प्रिमियर लिगमा आर्सनललाई बराबरीमा रोक्दै वार्टफोर्डले अंक बाडेको छ ।
बलियो क्लब आर्सनलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा अंक तालिकाको अन्तिममा रहेको क्लब वार्टफोर्डले अंक बाडेको हो । पहिलो हाफको २१ र ३२औं मिनेटमा इमरिकले गोल गर्दै प्रष्ट अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा आर्सनल सम्मालिन नसक्दा वार्टफोर्डले ऐतिहासिक नतिजा निकालेको हो । अहिलेसम्म कुनै जित निकाल्न नसकेको वार्टफोर्डले आफ्नो घरेलु मैदानको फाइदा उठाए ।
पाँच खेलमा तीन जित सहित आर्सनल अंक तालिकाको सातौं स्थानमा छ भने अंक बाडेसँगै वार्टफोर्डले पनि दुई अंक जोडेको छ ।