सन्दीपले बीबीएलमा मेलवर्नबाट खेल्ने पक्का
अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मेलवर्न स्टार्सबाट खेल्ने पक्का भएको छ ।
आइतबार सन्दीपसँग दोस्रो सिजनका लागि सम्झौता भएको मेलवर्नले पुष्टि गरेको छ । गत सिजनमा ६० हजार डलरमा खेलेको सन्दीपले यस पटक लिने रकमबारे भने खुलाइएको छैन ।
मेलवर्नका प्रशिक्षक डेभिड हसीले यसअघि नै सन्दीपलाई सिजनभर खेलाउन चाहेको प्रतिक्रिया दिएका थिए ।
गत सिजनमा सन्दीपले सात खेलबाट ११ विकेट लिएका थिए । बीपीएल आगामी १७ डिसेम्बरबाट शुरु हुँदैछ ।