लुटेरा समूहद्वारा रुपन्देहीमा एक जनाको हत्या
लुटेरा समूहले रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा एक व्यक्तिको हत्या गरेको छ ।
प्रहरीका अनुसार, जिल्लाकै ओमसतिया गाउँपालिका ५ का महेन्द्र कुर्मीको हत्या भएको हो ।
बैंकबाट पैसा निकालेर फर्कदैं गरेका कुर्मीलाई लुटेरा समूहले गोली हानेको थियो । कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो ।
लुटेराले उनका साथमा रहेको ५ लाख रुपैंया लुटेका छन् ।
लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।