परेवा, कौवा र डल्फिन अमेरिकाका लागि शीतयुद्ध लड्थे
शीत युद्ध कालमा अमेरिकी परेवा, काग र डल्फिनले जासुसका रुपमा काम गर्ने गरेको प्रतिवेदन अमेरिकी जासुसी संस्था सीआईएले सार्वजनिक गरेको छ ।
त्यस बेलाको जासुसी संयन्त्रबारे दस्तावेज सार्वजनिक गर्दै सीआईएले परेवालाई तस्वीर खिच्न, कौवालाई जासुसी यन्त्र खसाल्न र डल्फिनलाई पानी मुनिको जासुसी पत्ता लगाउन प्रयोग गर्ने जनाएको छ ।
सीआईएले मानिसलाई गाह्रो पर्ने काम परेवा, कौवा र डल्फिनले गरेको उल्लेख गरेको छ ।
सयौं किलोमिटर टाढा छोडे पनि आफ्नो बासस्थान आइपुग्न सक्ने विशेष गुण परेवामा भएकाले शीत युद्धमा प्रयोग गरिएको थियो ।
सन् १९७० को जासुसी कार्यक्रम अन्तरगत आफैं तस्वीर खिच्ने सानो क्यामेरा बाँधेरा परेवालाई जासुसमा पठाइएको थियो ।
दोस्रो विश्व युद्धमा ब्रिटिसले हजारौं परेवालाई जासुसीका लागि प्रयोग गरेका थिए । अमेरिका शीत युद्धकालमा थुपै्र जनावारलाई पनि तालिम दिएको थियो । तर, कौवाले ४० ग्रामसम्मको वस्तु ओसार्न सक्ने भएकाले विपक्षी झ्यालमा जासुसी यन्त्र राख्न प्रयोग गरिएको सीआईएले जनाएको छ ।
परेवा र कौवाजस्तै पानी मुनिकाको जासुरी र विकिरण पत्ता लगाउन डल्फिनलाई तालिम दिइएको थियो । सीआईएको प्रतिवेदनमा अमेरिकाले परेवा, कौवा, कुकुर, बिरालो र डल्फिनलाई तालिम दिन ६ लाख डलर बढी खर्च गरेको जनाइएको छ ।