यूरोप, अमेरिका बस्नेलाई सिटी एक्सप्रेसको सहज सेवा
अमेरिकी रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच सम्झौता भएको छ ।
यो सम्झौतासँग अब अमेरिका, यूरोप र क्यानडा बस्ने नेपालीले नेपालमा पैसा पठाउन सहज हुने सिटी एक्सप्रेसले जनाएको छ । रेमिट्लीको मोबाइल एप्लिकेसन डाइनलोड गरेर सिटी एक्सप्रेसमार्फत कारोबार हुनेछ ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका छन् ।