एसियन डोरीतान प्रतियोगितामा नेपालले सहभागिता जनाउने
शनिबारदेखि थाइल्याण्डमा हुने १४औं एसियाली डोरीतान प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
यो प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । नेपाल टग अफ वार एसोसियनले थाइल्याण्ड प्रस्थान गर्ने टीमलाई विदाई गरेको छ ।
१५ सदस्यीय टीमलाई विदाई गर्दै एसोसियनका अध्यक्ष भवानीप्रसाद पौडेलले पदक जित्ने विश्वास व्यक्त गरे ।