वडा कार्यालयमा आगजनी
भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फोरेर आगजनी गरिएको थियो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
आगजनी गरिएको ठाउँमा नेत्रविक्रम चन्द समूहको नामबाट छाडिएको पर्चा फेला परेको छ ।