थप समाचारबिहिबार, २६ भाद्र , २०७६

नेपालमा पहिलोपटक खुशी सर्वेक्षण

लक्ष्मी बस्नेत

नेपालमा पहिलोपटक खुशी सर्वेक्षण गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागले यस्तो सर्वेक्षण गर्न लागेको हाे ।

अन्तर्राष्ट्रिय रुपमा हुने सर्वेक्षणहरुमा नेपाल खुशीको स्थानमा माथि उक्लिंदै गएको छ । तर नेपालमै भने अहिलेसम्म यस प्रकारको सर्वेक्षण भएको छैन ।

तथ्यांक विभागका निर्देशक तीर्थराज चाैलागाईंले भने, “खुशी सम्बन्धीको अध्ययन नेपालमा पहिलो पटक हुन लागेको हो । यो गर्न आवश्यक छ भन्ने निष्कर्षमा पुगेर यसको तयारी शुरु भएको छ ।” 

'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने देशको लक्ष्य अनुसार पनि यो सर्वेक्षण गर्न आवश्यक ठानिएको चौलागाईंको भनाइ छ ।

‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट २०१९’ अनुसार संसारका खुशी नागरिकमध्ये नेपाली एकसयौं स्थानमा पर्दछन् ।

सन् २०१३ को सोही प्रतिवेदनमा नेपालको स्थान १३५ औं भएकोमा २०१९ मा सयौं स्थानमा पुगेको हो।

प्रतिकृया दिनुहोस