खेलकुदबिहिबार, २६ भाद्र , २०७६

मेसीले भ्यालेन्सिया विरुद्धको खेल पनि नखेल्ने

हिमालखबर

स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाको खेल तीन दिनपछि हुँदैछ ।

तर, चौथो चरणको खेलमा पनि स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज नखेल्ने निश्चित भइसकेको छ । दुवैलाई चोट लागेकाले तीन दिनपछि हुने खेल नखेल्ने भएका हुन् ।

मेसीले यसअगाडि तीन वटै खेल गुमाइसकेका छन् । मेसी र स्वारेज बिनाको खेलमा बार्सिलोना पहिलो खेलमै पराजित भएको थियो ।

बिल्बाओले पहिलो खेलमा बार्सिलोनालाई एक–शून्य गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नयाँ टीम ओसासुनामा बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा रियल बेटिसलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस