पहिरो खसेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो
बाग्लुङको वडिगाड गाउँपालिका–७, मा तुरतुरे ताल नजिकै खसेको पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।
२५ भदौमा खसेको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध लोकमार्ग दुई घण्टापछि खुलेको हो ।
गत २० साउनमा तुरतुरे ताल फुटेर आएको भेलले मध्यमहाडी लोकमार्ग नै बगाएको थियो ।
त्यसपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग ३ भदौदेखि सञ्चालनमा आएको थियो । तुरतुरे ताल फुटेको ठाउँदेखि नजिकैबाट २५ भदौमा पहिरो गएर केही बेर यातायात आवागमन बन्द भएको थियो ।
-कमल पौडेल, बाग्लुङ
२५ भदौमा तुरतुरे ताल फुटेपछि यसरी बगेकाे थियाे, राजमार्ग