समाचारबुधबार, २५ भाद्र , २०७६

कांग्रेसले बीपीको मर्म बुझ्न सकेनः नेता पौडेल

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले गरेको कार्यक्रममा नेता पौडेलले पार्टीका कार्यकर्ताले बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

“बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो”, उनले भने ।

बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्ने नेता पौडेलले बताए । बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस