समाचारबुधबार, २५ भाद्र , २०७६

स्वास्थ्य परीक्षण गराउन प्रधानमन्त्री शिक्षण अस्पतालमा

हिमालखबर

दुई साता लामो सिंगापुरमा प्लाज्माफेरेसिस गरेर २० भदौमा स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका छन् ।

प्रधानमन्त्रीका सचिवालयअनुसार, स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली बुधबार बिहानै शिक्षण अस्पताल पुगेका हुन् ।

यस अघि पनि प्रधानमन्त्री ओली महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फलोअप परीक्षण गराउँदै आएका थिए ।

तर, यसपटक भने सिंगापुरस्थित न्याशनल यूनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिस गर्न ५ भदौमा सिंगापुर गएका थिए ।

प्लाज्माफेरेसिस गरेर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेका छन् । मंगलबार मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको पनि बालुवाटारबाटै उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस