समाचारमंगलबार, २४ भाद्र , २०७६

आरतीमा राष्ट्रगान रोक्ने निर्णय निर्देशन विपरितः पशुपति क्षेत्र विकास कोष

हिमालखबर

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले आरतीपूर्व राष्ट्रगान रोक्ने निर्णय कोषको निर्देशन विपरित भएको बताएका छन् ।

हिमालखबरलाई प्रतिक्रिया दिदैं ढकालले समितिको यस्तो निर्णय एकतर्फी भएको र यसबारे कोषले उपयुक्त निर्णय गर्ने बताए ।

“राष्ट्रगान बजाउने निर्णय कोषको निर्देशनमा शुरु भएको हो, अहिले बन्द भएको कुरा सञ्चारमाध्यममार्फत सुनिएको छ”, डा.ढकालले भने, “कोषको निर्देशन नमान्ने संस्थाहरूसँग भोलिका दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने प्रश्न उत्पन्न भएको छ ।”

यसअघि आरती सञ्चालन गर्दै आएको श्री पशुपतिनाथ बागमती गंगा आरती सेवा समितिले आइन्दा आरतीपूर्व राष्ट्रगान नबजाउने निर्णय गरेको थियो ।

समितिका सदस्य डा.रमेश पोखरेलले आफूहरूले राष्ट्रगानको दुरुपयोग रोक्न यस्तो निर्णय गरेको बताएका थिए ।

उनले आरतीको शुरुआत् राष्ट्रगान नभइ स्वस्तिवाचनबाट गरिने परम्परालाई स्वीकार्दै कोषको निर्देशन नमानिएको बताए ।

समितिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको मौखिक निर्देशनमा गत १४ भदौंदेखि आरतीको ठीक पहिले राष्ट्रगान बजाउन शुरु गरेका थियो ।

 

 

प्रतिकृया दिनुहोस