समाचारमंगलबार, २४ भाद्र , २०७६

संसदमा उठ्यो भारतबाट नेपाल छिरेको गाईको प्रसंग

हिमालखबर

प्रतिनिधिसभाको मंगलबारको बैठकमा भारतबाट नेपाल छिरेको गाईको प्रसंग उठेको छ ।

सांसदहरु महेश्वराज गहतराज र रंगमती शाहीले पश्चिम तराईका जिल्लाहरुको बेवारिसे गाईको प्रशंग उठाएका हुन् ।

सांसद महतराजले खुला सीमाना हुँदै नेपाल छिरेका चाैपायाका कारण पश्चिम तराईका किसानहरुलाई सास्ती भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद गहतराजले भने, “बेवारिसे गाईका कारण मानवीय क्षति भइरहेको छ । किसानलाई दुख भएको छ ।” उनले बुढो चौपाया छोड्ने स्थानीयलाई कार्बाहीको माग समेत गरे ।

सवारी दुर्घटनाको कारण समेत बन्दै गएको बेवारिसे गाईगोरुबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

अर्का, सांसद रंगमती शाहीले पनि पर्यटन वर्षलाई जिस्क्याउनेगरी बुढो चौपाया बढेको बताइन् ।

“ट्रकमा जुम्लाको स्याउँ होइन, बुढो गाई बोक्नुपर्ने अवस्थाबारे ध्यान दिइनुपर्छ”, शाहीले भनिन् ।

भारतमा कट्टर हिन्दूवादी गतिविधिसँगै गौवधमा कडाई गरिएपछि पश्चिम नेपालमा बेवारिसे गाई बढेकोबारे रिपोर्ट प्रकाशित गरेको थियो।

 याे पनिः 

भारतीय गाई छिर्दा नेपालमा तनाव

प्रतिकृया दिनुहोस