कांग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु
नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबार मुलुकभर एकसाथ शुरु भएको छ ।
जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान शुरु भएको हो । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।
बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ ।
अभियानको उद्घाटनमा सम्बोधन गर्न कांग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिनुभएको छ ।