सरकारले गर्छ जंगबहादुरको श्राद्ध, खर्च सात हजार
गुठी संस्थानले जंगबहादुर राणाको वार्षिक श्राद्धमा करिव ७ हजार खर्च गरिरहेको छ ।
श्राद्धका लागि खरीद गरिने सामग्रीको भाउ घट्बढ हुँदा यो रकम पनि घट्बढ हुने गरेको जंगबहादुरको श्राद्ध गर्ने गुठी संस्थान काठमाडौं जिल्ला कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले बताएका छन् ।
सरकारी खर्चमा श्राद्ध हुने जंगबहादुरको मात्र हो ।
बिक्रम सम्बत्त १९३३ फागुन शुक्ल पक्ष द्धादशी तिथिमा निधन भएका जंगबहादुरको श्राद्ध काठमाडौं टेकुस्थित जंग हिरण्य नारायण मन्दिरको हाताभित्र गर्ने गरिएको छ ।
उनको श्राद्धमा गुठी संस्थानले स्वारी मालपुवा ७ धार्नी, पञ्चमेल मिठाई २ धार्नी, दही १५ कतहरा, चिनी ६ पाउ र गाईको दुध ५ मुठी उपलब्ध गराउने गरेको छ ।
२०५७ सालदेखि कर्ताको रुपमा जंगबहादुरको श्राद्ध गरिरहेका मन्दिरका पुजारी गोविन्द कोइरालाका अनुसार श्राद्धमा उनी र पुरोहितलाई मन्दिरले क्रमस रु.७०० र रु. ६०० दक्षिणा दिने गरेको छ ।
यो श्राद्ध गुठी संस्थानले हरेक वर्ष फागुन महीनाको गोविन्द द्धादशी र सोह्रश्राद्धको द्धादशी तिथिमा गर्ने गरेको छ ।