यूएई विरुद्ध नेपाल ब्याटिङमा
यू–१९ एसिया कप क्रिकेटमा नेपाल अहिले यूएईसँग खेलिरहेको छ ।
बाङ्लादेश र आयोजक श्रीलंकासँग पराजित हुँदै सेमिफाइनलको बाटो बन्द गरिसकेको नेपाल यूएईसँग खेलिरहेको छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि खाता नै नखोली ओपनरद्वय रित गौतम र पवन सर्राफ आउट भएका छन् ।
क्रिजमा कप्तान रोहितकुमार पौडेल र आशिफ सेख छन् । यूएईले पनि श्रीलंका र बाङ्लादेश दुवैसँग पराजित हुँदै सेमिफाइनलकाे बाटाे बन्द गरिसकेकाे छ ।