बामदेव गौतमलाई डेंगीको आशंका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई डेंगी संक्रमण भएको आशंका गरिएको छ ।
लगातार चार दिनदेखि ज्वरो आएपछि नेता गौतमलाई डेंगीको आशंका गर्दै रगत परीक्षण गरिएको छ । “रिपोर्ट आउन बाँकी छ, डेंगी भएको आशंकामा परीक्षण गरिएको हो”, गौतम प्रेस संयोजक विश्वमणि सुवेदीले भने ।
शनिबारबाट शुरु भएको ज्वरोले गौतमलाई नछोडेपछि डेंगीको आशंका गरिएको हो । नेता गौतम सिंगापुरबाट गत २० भदौमा स्वदेश फर्किएका हुन् ।
सिंगापुरमा डेंगीको महामारी फैलिएपछि आपतकाल नै घोषणा गरिएकाले नेता गौतमलाई उतै संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।