आमा सेरेनाको अधुरो सपना
केन रोसवेलले सन् १९७२ मा अष्ट्रेलियन ओपनको उपाधि जित्दा ३७ वर्ष २ महीना एक दिनका थिए । उनी सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लाम जित्ने खेलाडी हुन् ।
उनी सन् १९७४ मा यूएस ओपनको फाइनलमा पुगे । सो खेलमा पराजित हुँदा ३९ वर्ष १० महीना १० दिनका थिए।
रोसवेलले सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लामको फाइनल खेल्ने रेकर्ड पनि बनाए।
रोजर फेडरर यो वर्ष विम्बल्डनको फाइनल खेलिरहँदा ३८ वर्ष एक महीनाका थिए। उनी ३२ वर्षीय नोभाक जोकोभिकसँग पराजित भए।
यी कथा पुरुष खेलाडीहरुका हुन्। यसपटक सेरेना विलियम्सले सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लामको फाइनल खेल्ने महिला खेलाडीको रेकर्ड बनाइन्।
उनी २१ भदौमा यूएस ओपनको फाइनल खेलिरहँदा ३७ वर्ष ११ महीना १९ दिनकी थिइन्। तर, क्यानडाकी किशोरी बिअन्का एन्ड्रेस्कुसँग पराजित भएपछि सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लामको उपाधि जित्ने महिला खेलाडीको आफ्नै रेकर्ड भने सुधार्न सकिनन्।
उनले सन् २०१७ मा अष्ट्रेलियन ओपन जित्दा ३५ वर्ष ४ महीना चार दिनकी थिइन्। त्यतिवेला उनी गर्भवती थिइन्। उनले आफ्नै दिदी भेनसलाई हराएर उपाधि कब्जा गरेकी थिइन्।
उनले १ सेप्टेम्बर २०१७ मा छोरी एलेक्सिस ओलम्पिआ ओहानिअन जुनियरलाई जन्म दिइन्। उनी अर्को वर्ष नै ग्रान्ड स्लाम उपाधिका लागि कोर्टमा उत्रिइन्।
तर, आमा भइकन उनले उपाधि जितेर छोरीलाई उपहार दिन पाएकी छैनन् । संभवतः उनी ग्रान्ड स्लाम उपाधि छोरीलाई समर्पण गरेर मात्र टेनिसबाट बिदा हुन चाहन्छिन्।
यो वर्ष उनी यूएस ओपन र विम्बल्डनको मात्र फाइनलमा पुग्न सकिन्। वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपन र त्यसपछिको फ्रेन्च ओपनमा त उनी फाइनलसम्म पनि पुगिनन्। यही कारण अब उनको करियर ओरालो लागेको अनुमान गरिएको छ।
उनी अघिल्लो वर्ष पनि यूएस ओपनको फाइनलमा पराजित भएकी थिइन् । जापानकी नाओमी ओसाकासँग पराजित भएपछि अम्पायर विरुद्ध खनिएकी थिइन् ।
यो वर्ष उनी यूएस ओपन र विम्बल्डनको मात्र फाइनलमा पुग्न सकिन्। विम्बल्डनको फाइनलमा रोमानियाकी सिमोना हालेपसँग पराजित भएकी थिइन्।
वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपन र त्यसपछिको फ्रेन्च ओपनमा त उनी फाइनलसम्म पनि पुगिनन्। यही कारण अब उनको करियर ओरालो लागेको अनुमान गरिएको छ।
अहिलेसम्म सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने रेकर्ड कार्लोट कुपरको नाममा छ। उनले २४ पटक उपाधि जितेकी छिन्। २३ पटक ग्रान्ड स्लाम उपाधि विजेता सेरेना पनि २४औँ उपाधिको प्रतीक्षामा छिन्।
शनिबार यूएस ओपनमा हार बेहोरेपछि पनि उनले सन्यास लिने चर्चा छैन। त्यसकारण आमा सेरेना छोरीका लागि उपाधि जित्नेमा दृढ देखिन्छिन्।
-एजेन्सीको सहयोगमा