प्रधानमन्त्री र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
सोमबार दिउँसो परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि विदेश मन्त्री यी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा नेपाल र चीनले तीन समझदारीमा हस्ताक्षर गरेका छन् ।
चिनियाँ विदेश मन्त्री यीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
यीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यी मंगलबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।