चीनले अस्पताल, टेन्ट र चिनियाँ भाषा शिक्षकमा सहयोग गर्ने
नेपाल र चीनबीच भएको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा तीन सम्झौता भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार भएको बैठकपछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
सम्झौतामा हिमालपारिको जिल्ला मनाङमा करीब रु ३५ करोडको लागतमा चीनले अस्पताल बनाइदिने भएको छ ।
यस्तै गृहमन्त्रालयलाई आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । यसकाे लागत १ कराेड ७० लाख हुने र यस्तै बाढीपीडितका लागि १ कराेड ६० लाखकाे सहयाेगकाे पनि घाेषणा भएकाे छ ।
तेस्रो सम्झौतामा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको छ । चिनियाँ स्वयंसेवक शिक्षकहरू चिनियाँ भाषा सिकाइका लागि नेपाल आउनेछन् ।