उज्वेकिस्तानसँग नेपाल पराजित
नदेज्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग स्तब्ध हुन पुगेको छ ।
आयोजक किर्गिस्तानविरुद्ध ८–२ गोल अन्तरको फराकिलो जित निकालेको नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित हुन पुग्यो । पहिलो हाफको ३४ औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानले अग्रता लिएको थियो ।
तर, जवाफी गोल फर्काउन सकेन । दोस्रो हाफमा थप गोल गर्दै उज्वेकिस्तान विजयी बन्यो । यो प्रतियोगितालाई नेपालले आसन्न १३औं साग प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।