डाक्टर सन्दुक रुइतको परिवारलाई नै डेंगी संक्रमण
आँखाका वरिष्ठ चिकित्सक सन्दुक रुइतको परिवारलाई नै डेंगीको संक्रमण भएको छ ।
डा. रुइतसहित चार जनालाई डेंगीको संक्रमण भेटिएको हो ।
रुइत परिवारको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।
सन् २००६ को रामोन म्यागसेसे पुरस्कार विजेता रुइतले एक लाखभन्दा बढीको मोतीविन्दुको शल्यक्रिया गरिसकेका छन् ।