युवा संघका अध्यक्ष तिवारीको गोली हानी हत्या
रुपन्देहीको देवदहमा युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ ।
मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिले ३६ वर्षीय तिवारीमाथि ४ पुष दिउसो साढे ३ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागि घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिरहेको ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्द मरासिनीले बताए ।
हत्याको विरोधमा बुटबलमा प्रदर्शन गरिएको छ । युवा संघका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन ।
विरोध प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
दीपक ज्ञवाली, बुटबल