सीपीएलमा सन्दीप लामिछाने आबद्ध टीम पराजित
क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टस पहिलो खेलमै पराजित भएको छ । गुयना एमेजोनले दिएको १८१ रनको लक्ष्य भेटाउन नसक्दा बार्बडोस पराजित भएको हो ।
टस हारेर ब्याटिङ गरेको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । गुयनाका लागि हेमराजले ६३, निकोलस पुरनले ६१ र रुथरफोर्डले ३२ रन बनाएका थिए ।
पहिलो खेलमा प्लेइङ इलेभेनमा परेका सन्दीपले एक ओभर मात्रै बलिङ गरे । फिल्डिङका क्रममा समस्या देखिएका सन्दीपले एक ओभरमा पाँच रन मात्रै दिएका थिए ।
तर, जवाफी ब्याटिङमा बार्बाडोस अलआउट हुँदै १३५ रनमा सीमित भएपछि ४७ रनले पराजित हुन पुग्यो ।