कला/साहित्यसोमबार, २३ भाद्र , २०७६

'गली ब्वाई' को अर्को सफलता, जापानमा रिलिज हुने

हिमालखबर

यसै वर्ष प्रदर्शनमा आएको रणवीर सिंह अभिनीत 'गली ब्वाई' लाई दर्शकले निकै रुचाएका थिए। बक्स अफिसमा पनि फिल्मले राम्रो व्यापार गरेको थियो। भारु ८४ करोडमा बनेको फिल्मले २०० करोड कमाएको थियो।

गत १४ फेब्रुअरीमा रिलिज भएको फिल्ममा रणवीर स्ट्रीट र्‍यापरको भूमिकामा देखिएका थिए। जोया अख्तर निर्देशित फिल्ममा रणवीरसँगै मुख्य भूमिकामा आलिया भट्ट र सिद्धान्त चतुर्वेदी देखिएका थिए। यो फिल्म आउँदो अक्टोबरमा जापानमा रिलिज हुँदैछ।

यो खबरबाट धेरै खुशी भएका रणवीरले गर्व महसुस भइरहेको प्रतिक्रिया दिएका छन्। उनले एक अन्तर्वार्तामा भनेका छन्, "म अहिलेसम्म जापान गएको छैन, तर यसको बारेमा धेरै कुरा जानेको र सुनेको छु। गली ब्वाई जापानमा रिलिज हुनु यो फिल्ममा काम गर्ने हामी सबैको लागि धेरै खुशी र गर्वको कुरा हो। आशा छ, फिल्मलाई त्यहाँका दर्शकले रुचाउनेछन्।"   

रणवीर पछिल्लो समय भारतीय क्रिकेटर कपिल देवको बायोपिक फिल्म '८३' को काममा व्यस्त छन्। कबीर सिंहले निर्देशन गरिरहेको फिल्ममा उनी कपिल देवको भूमिकामा देखिनेछन् भने दीपिका पादुकोणको पनि अभिनय रहनेछ। विवाहपछि रणवीर र दीपिका पहिलो पटक एकसाथ यो फिल्ममा देखिनेछन्।

सन् १९८३ मा भारतको पहिलो क्रिकेट विश्वकप जितमा फिल्म आधारित रहेको जनाइएको छ। फिल्म आउँदो वर्षको अप्रिलमा रिलिज गर्ने योजना छ। - एजेन्सी

प्रतिकृया दिनुहोस