नाडालले जिते यूएस ओपनको उपाधि
राफायल नाडालले यूएस ओपन-२०१९ को उपाधि जितेका छन्। यो उनको टेनिस करिअरको १९औं ग्राण्ड स्लाम र चौथो यूएस ओपन उपाधि हो।
विश्व नम्बर दुई स्पेनिस स्टारले फाइनल भिडन्तमा रुसका डेनियल मेदवेदेभलाई पराजित गरेका हुन्। पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा नाडालले पाँचौं वरीयताका मेदवेदेभलाई ७-५, ६-३, ५-७, ४-६, ६-४ बाट पराजित गरे।
मेदवेदेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुगे पनि नाडालको सामु उनको कुनै जोड चलेन।
जितपछि नाडालले यो आफ्नो टेनिस करिअरको सबैभन्दा भावुक रातहरुमध्येको एक भएको प्रतिक्रिया दिए। - एजेन्सी