चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी आज दिउँसो चार बजे नेपाल आउँदैछन् ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार नै भेट्दैछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भने सोमबार मात्रै भेटवार्ता तय भएको छ ।
विदेशमन्त्री वाङको नेपाल भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिङपिङको संभावित नेपाल भ्रमणको पूर्व तयारीका रुपमा हेरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार बनेपछि चिनियाँतर्फ भएको यो उच्च स्तरीय भ्रमण हो ।