आज पनि संसद् अवरुद्ध
प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण आज पनि व्यवस्थापिका–संसदको बैठक अवरुद्ध भएको छ ।
नेकपा (एमाले) लगायतका प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि संसद्को बैठक अवरुद्ध भएको हो । व्यवस्थापिका–संसद्को अर्को वैठक ७ पुष दिउसो १ बजे बस्ने छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकको कार्यसूचिमा संविधान संशोधन तथा स्थानीय निर्वाचनसम्बन्धी विधेयक र महाअभियोग प्रस्तावमाथिको छलफल हुने तय गरिएको थियो । एमाले लगायतका प्रतिपक्षी दलका सांसद्हरुको विरोध कारण व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध हुदै आएको छ ।
जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका विरुद्ध दर्ता गरिएको महाअभियोगको प्रस्ताव पनि अलपत्र परेको छ ।