राष्ट्रपति सीको भ्रमणबारे छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउने
चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउनेबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराएको छ ।
चिनियाँ विदेश मन्त्रालयले वाङको नेपाल भ्रमणबारे जानकारी गराएलगत्तै परराष्ट्र मन्त्रालयले पनि प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
दुई दिने नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले चिनियाँ राष्ट्रपति सी जिङपिङको संभावित नेपाल भ्रमणबारे छलफल गर्ने बताइएकाे छ।
यसबाहेक द्विपक्षीय सम्बन्धबारे समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।