श्रीमतीको हत्या गर्ने पक्राउ
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ साकेलाथानमा बिहीबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय सीताराम राई (३५) ले श्रीमती देविका राईको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
बेलुका ७ः३० बजे घरायसी विवाद हुँदा राईले श्रीमतीको टाउकोमा खुकुरीले प्रहार गरेका थिए ।
घाइते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा बिहीबार राति ८ः३० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हत्या गर्ने सीताराम राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।