प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नियमित काम गर्न सक्ने निजी चिकित्सकको भनाइ
सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।
प्रधानमन्त्री ओली थाई एयरबाट शुक्रबार मध्यान्ह १२ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली ५ भदौमा मिर्गौलासम्बन्धी उपचारका लागि सिंगापुर गएका थिए ।
प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् ।
यसैबीच प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रधानमन्त्रीको एन्टिबडी ठीक भएको र अब नियमित कामलाई निरन्तरता दिन सक्ने प्रेस वक्तव्य मार्फत जनाएकी छिन् ।