अम्बेडकरको उदाहरण दिदै बाबुरामले भने– दलितले हिन्दू धर्म किन मान्ने ?
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले हिन्दू धर्म नसच्चिए दलित समुदायले यो धर्म नै छोड्नुपर्ने बताएका छन् ।
समता फाउण्डेसनले गरेको कार्यक्रममा भट्टराईले जन्मदेखि नै विभेद गर्ने धर्म सच्याउनुपर्ने बताएका थिए । फाउण्डेसनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पनि अतिथिका रुपमा बोलाएको थियो ।
त्यसअगाडि बोलेका भट्टराईले हिन्दू धर्मले दलित समुदायलाई पैतालाबाट जन्मिएको भनेर विभेद गर्ने गरेकाले यो धर्म स्वीकारेको बारेमा प्रश्न गरेका थिए । “जुन धर्मले तपाईंहरुलाई अपमान गर्छ । त्यो धर्म किन स्वीकार्नु हुन्छ ?”, भट्टराईको प्रश्न थियो ।
पूर्व प्रधानमन्त्री भट्टराईले भारतका नेता अम्बेडकरको उदाहरण दिएका थिए । अम्बेडरको प्रसंग निकाल्दै भट्टराईले भने, “अब हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ । होइन भने, यो धर्म परित्याग गर्नुपर्छ ।”