जुत्ता चप्पल प्रदर्शनी ५ पुसबाट
जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी ५ पुसदेखि शुरु हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौं, भृकुटी मण्डपमा हुन लागेको प्रदर्शनी ११ पुससम्म सञ्चालन हुनेछ ।
'आत्मनिर्भरताको आधार, स्वदेशी उत्पादन प्रयोग' भन्ने मुलनारा रहेको प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सर्ट, पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु समेत बिशेष डिस्काउन्टमा उपलब्ध गराइने पनि आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेश तथा स्कुल र कलेजबाट अवलोकनका लागी आउने बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने भएको छ ।
स्वदेशी उत्पादनका वारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका वारेमा जानकारी दिन, प्रचार प्रसार गरी बजार विस्तार गर्न र विदेशी जुत्ता चप्पल र वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा वस्तु उत्पादनका क्षेत्रमा मूलूकलाई आत्म निर्भर बनाउने उद्धेश्यले प्रर्दशनी आयोजना गरिएको प्रदर्शनी संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।