प्रहरीको लाठीबाट अनेरास्ववियू संयोजक ऐन महर घाइते
प्रहरीको लाठीबाट सत्तारुढ अनेरास्ववियूका संयोजक ऐन महर घाइते भएका छन् ।
नेपाल प्रहरी प्रहरी हिरासतमा रहेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियू सभापति मिलन गैरेलगायतलाई भेट्न नेपाल पुलिस क्लब पुगेका महरसँगै अन्य विद्यार्थी नेताहरूलाई प्रहरीले प्रवेश गर्न रोकेको थियो ।
प्रहरीले पुलिस क्लबमा ठूलो समूह एकैसाथ पस्न खोजेकाले भीड नियन्त्रण गर्न सामान्य लाठीचार्ज गरेको बताएको छ ।
यसक्रममा महरसँगै अन्य चार जना विद्यार्थी नेता घाइते भएको बताइएको छ ।
घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।