रवि लामिछानेकाे मुद्दामा उच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग
टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दामा उच्च अदालत पाटनको हेटौडा इजलासले कैफियत प्रतिवेदन माग गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा तानिएका लामिछानेले चितवन जिल्ला अदालतको आदेशविरुद्ध हेटौंडामा निवेदन दिएका थिए । निवेदनको सुनुवाई गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो ।
चितवन अदालतले पाँच लाख धरौटी माग्ने आदेशमा सन्देह गर्दै लामिछानेले मंगलबार निवेदन दिएका थिए । लामिछानेले आफूले दुरुत्साहन नगरेकाले साधरण तारेखमा रिहा हुनुपर्ने माग गरेका छन् ।
गत ९ भदौंमा लामिछानेलाई पाँच लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतले आदेश दिएको थियो भने युवराज कँडेललाई तीन लाख धरौटीमा र अस्मिता कार्कीलाई साधरण तारेखमा छोड्न आदेश दिएको थियो ।