पी चिदम्बरमपछि कंग्रेसका अर्का नेता शिवकुमार पक्राउ
भारतीय राष्ट्रिय कंग्रेसका प्रभावशाली नेता पी चिदम्बरमपछि अर्का नेता डीके शिवकुमार पक्राउ परेका छन् ।
८.३३ करोड मनि लाउन्डिङ आरोपमा शिवकुमारलाई पक्राउ गरिएको छ । उनी भारत सरकारको पूर्व मन्त्री हुन् ।
शिवकुमारको गिरफ्तारीको कंग्रेसले विरोध जनाएको छ । ट्वीट गर्दै कंग्रेसले डीके शिवकुमार गिरफ्तार गरेर सरकारले आफ्नो कमजोरी प्रमाणित गरेको जनाएको छ ।