मलाई चुप लगाउने मनसायः रोमिला थापर
विख्यात इतिहासकार रोमिला थापरले आफूलाई जवाहरलाल नेहरु विश्वविद्यालय (जेनएनू) प्रशासनले चुप लगाउने मनसायले सीभी (शैक्षिक अभिलेख एवं कार्य अनुभव) माग गरेको बताएकी छन् ।
जेनएनयूले हालैमात्र विश्वविद्यालयकी प्रोफेसर इमेरिटस थापरको कार्यकालको समीक्षा गर्न सीभी माग गरेको थियो । विश्वविद्यालयले उनीसहित ७५ वर्ष कटेका अन्य ११ जना प्रोफेसरलाई पनि यस्तै प्रकृतिको सीभी माग गरेको जनाएको छ ।
“मेरो सीभी मागिनुको कारण आंशिक रुपमा हेर्दा व्यक्तिगत हो । जेएनयूलाई तोडन चाहने वर्तमान प्रशासन विरुद्ध हाम्रो आलोचनालाई उनीहरू बन्द गराउन चाहान्छन्”, थापरले बीबीसीसँगको इमेल उत्तरमा भनेकी छन् ।
इमेरिटस पद जीवनकालसम्म रहने र यसको कहिल्यै समीक्षा नहुने अभ्यास भएको बताउँदै थापरले भनेकी छन्, “यसपछिको गहिरो कारण भनेको आज हामी यस्तो समाज बनाउन गइरहेका छौं जो स्वतन्त्र विचारको विरुद्धमा छ । प्रश्न गर्नेको विरुद्धमा छ ।”
“हामीलाई बौद्धिक र शैक्षणिक जीवन निच देखाउन प्रोत्साहीत गर्न पनि यस्तो गरिएको हो”, थापरले भनेकी छन् ।
सन् १९७० देखि १९९१ सम्म जेनएयूमा प्राचीन भारतीय इतिहासकी प्राध्यापक रहेकी थापरलाई १९९३ मा प्रोफेसर इमेरिटस पदमा नियुक्त गरिएको थियो ।
८७ वर्षीया थापरलाई अमेरिकाको ब्राउन युनिभर्सिटी, शिकागो युनिभर्सिटीका साथै अक्सफोर्ड, एडिनबरा, कलकत्ता युनिभिर्सिटीले पनि मानार्थ विद्यावारिधी उपाधि दिइसकेका छन् ।
भारतीय इतिहासबारे दर्जनौं पुस्तककी लेखिका थापर वर्तमान भारतीय राजनीतिकी प्रखर आलोचक मानिन्छिन् ।
थापरले सरकारले दिने कुनै पुरस्कार नलिने भन्दैं दुईपटक पद्म भुषण पुरस्कार पनि अस्वीकार गरेकी थिइन् । -एजेन्सी
थप यो पनि:
हिंस्रक राष्ट्रवादविरुद्ध