कांग्रेसकाे तीन नम्बर प्रदेश भेला भक्तपुरमा
नेपाली कांग्रेसले प्रदेश नम्बर तीनका महाधिवेशन प्रतिनिधिहरुलाई आगामी २०–२१ भदौमा भक्तपुरमा प्रशिक्षण दिने भएको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीन नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण भेलामा बोलाएको छ ।
रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र रामेछापका महाधिवेशन प्रतिनिधिहरुलाई भने मकवानपुरमा प्रशिक्षण दिइने भएको छ।
कांग्रेसले गण्डकी प्रदेशको भेला भने पोखरामा गरिसकेको छ ।