टीच फर नेपाललाई सानिमा ब्यांकको सहयोग
सामुदायिक विद्यालयका विद्यार्थीलाई उच्च गुणस्तरीय शिक्षा दिने अभियान चलाइरहेको टीच फर नेपाललाई सानिमा ब्यांकले सहयोग गरेको छ ।
अघिल्लो वर्षजस्तै सानिमा ब्यांकले टीच फर नेपाललाई दश लाख सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा ब्यांकले टीच फर नेपाललाई सहयोग गरेको हो ।
टीच फर नेपालले सात जिल्लाका ६५ सामुदायिक विद्यालयमा एक सय ३८ प्रज्ञार्थी शिक्षक खटाएको छ ।