प्रतिपक्षको विरोधबीच भिडियो कन्फ्रेन्सबाट फेरि बस्यो मन्त्रिपरिषद बैठक
उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक भिडियो कन्फ्रेन्सबाट बैठक राखेका छन् ।
मन्त्रीहरुले आफ्नो मन्त्रालयमा भइरहेका कामकार्बाहीबारे प्रधानमन्त्रीलाई भिडियो कन्फ्रेन्सबाट जानकारी दिएका छन् । यसअघि ९ भदौमा भिडियो कन्फ्रेन्सबाट बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीले ४ भदौमा कार्यविधि संशोधन गर्दै भिडियो कन्फ्रेन्सबाट बैठक राख्ने प्रावधान खुला गरेका थिए ।
यो निर्णयका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्र विरोध जनाएको छ । संसद बैठकमा प्रमुख सचेतक बालकृष्ण खाँडले यसले राष्ट्रियता खतरामा पर्ने बताएका थिए ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसेर भिडियो कन्फ्रेन्सको विरोध जनाइसकेको छ ।