कला/साहित्यमंगलबार, १७ भाद्र , २०७६

प्रभास अभिनीत 'साहो' ले चार दिनमै कमायो भारु २५० करोड माथि

हिमालखबर

दक्षिण भारतीय सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनीत फिल्म 'साहो' ले बक्स अफिसमा आक्रामक कमाइ जारी राखेको छ। हिन्दीसहित विभिन्न भाषामा रिलिज गरिएको फिल्मले भारतमा मात्रै चार दिनमा भारु २०० करोड भन्दा बढी कमाएको छ।

यस अवधिमा हिन्दी भर्सनले मात्रै यस अवधिमा भारु ९३ करोडको व्यापार गरेको छ। हिन्दी भर्सनले पहिलो दिन २४ करोड ४० लाख, दोस्रो दिन २५ करोड २० लाख, तेस्रो दिन करीब २९ करोड ४८ लाख र चौथो दिन १४ करोड २० लाख कमाएको हो।

विश्वव्यापी रुपमा फिल्मले हालसम्म भारु २९४ करोड कमाइसकेको छ।

फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि दर्शकको साथ भने पाइरहेको छ। द्वन्द्वप्रधान यस फिल्ममा 'बाहुबली' सुपरस्टार प्रभासको प्रस्तुति रुचाइएको छ।  - एजेन्सी

प्रतिकृया दिनुहोस