प्रधानमन्त्रीलाई भेट्न महासचिव पौडेल सिंगापुर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल सिंगापुर जाने भएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न महासचिव पौडेल मंगलबार सिंगापुर जान लागेका हुन् । उनी प्रधानमन्त्री ओलीसँगै स्वेदश फर्कने गरी सिंगापुर जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको बुधबार प्लाज्माफेरेसिस हुँदैछ । बुधबार प्लाज्माफेरेसिस गरेपछि प्रधानमन्त्री २० भदौ स्वदेश फर्कदैछन् ।
५ भदौदेखि प्रधानमन्त्री ओलीको सिंगापुरको न्याशनल युनिभर्सिटी अस्पतालमा उपचार हुँदैछ ।