नेपाल एक विकेटले विजयी
एसीसी यू–१९ एसिया कपमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको छ । २ पुषमा श्रीलंकाको कोलम्बोमा भएको खेलमा संघर्षपूर्ण जित निकालेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई १५३ रनमा रोकेको थियो । मलेसियाका लागि विरन्दीप सिंहले ७५ र मोहम्द हसिफले २१ रनको योगदान दिएका थिए ।
नेपालका लागि अदिल खानले ३, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले दुई÷दुई तथा रोहित कुमार पौडेल र शुभांकर उरावले एक÷एक विकेट लिएका थिए ।
१५४ रनको लक्ष्य पछ्याएको नेपालले ४४ दशमलव ४ ओभरमा ९ विकेट गुमाउदै जित हासिल गरेको हो । नेपालका लागि अनिल शाहले ३२, अभिनाश कर्ण र पवन सर्राफले २९÷२९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । यस अघिका दुई खेलमा भारत र श्रीलंकासँग पराजित भएको नेपाल प्रतियोगिताबाट भने बाहिरिसकेको छ ।