सामुदायिक वनमा कर, महासंघद्वारा विरोध
सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वनलाई लगाइएको करको विरोध गरेको छ ।
प्रदेश ३ ले हालै पास गरेको वन विधेयक २०७६ मा सामुदायिक वन माथि विभिन्न नाममा लगाइएको करको महासंघले विरोध गरेको हो ।
सामुदायिक वनले प्रदेश सञ्चित कोषमा काठदाउरा बिक्री वितरण वापत जम्मा गर्नुपर्ने गरी वन विधयक पास गरेको छ ।
सामुदायिक वन प्रदेश महासंघ, प्रदेश ३ द्वारा जारी विज्ञप्तिमा सामुदायिक वनका उपभोक्ताहरुलाई करको बोझ् बोकाउने गरी लोकतान्त्रिक सरकारले जनविरोधी काम गरेको उल्लेख गरिएको छ ।
महासंघका प्रदेश अध्यक्ष विनोद सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा संघ स्थानीय र प्रदेश सरकारले सामुदायिक वनलाई ७३ प्रतिशत कर थोपरेको उल्लेख गरिएको छ ।