मिडिया काउन्सिल विधेयक संशोधन हुने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिडिया काउन्सिल विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेको छ । नेकपाले नै संशोधन प्रस्ताव दर्ता गरेकाले अब मिडिया काउन्सिल विधेयक संशोधन हुने भएको छ ।
आइतबार मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधन प्रस्ताव दर्ता गराएको थियो । दुई तिहाई मतसहितको नेकपा र प्रतिपक्षी दलले समेत संशोधन प्रस्ताव दर्ता गराएकाले मिडिया काउन्सिल विधेयक संशोधन हुने निश्चित भएको छ ।
विधेयकमा समाचार लेखेकै कारण १० लाखसम्म जरिवाना र जेल सजायको प्रावधान राखिएपछि सरोकारवाला निकायले कडा आपत्ति जनाउँदै आएका थिए । तर, नेपाल पत्रकार महासंघ र नेकपा संसदीय दलबीच भएको सहमति अनुसार संधोशन हुने भएको छ ।
नेकपाका सांसदहरु गठेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवरलगायतले संसदीय दलका उपनेता सुवास नेम्वाङको परामर्शमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।