थप एक चिनियाँ ह्याकर विमानस्थलबाट समातिए
एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ वर्षीय सु लुसलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अझै दुई जना फरार छन् ।
शनिबार आठ जना चिनियाँ ह्याकरले डेढ पैसा विभिन्न ब्यांकको एटीएमबाट निकालेका थिए । प्रहरीले पाँच जनालाई शनिबार नै नियन्त्रणमा लिइसकेको छ ।